• बुधबार, ८ जेठ, २०८२
  • ०१:४०:०४

४ अर्ब ५० करोड वर्ष उमेरको पृथ्वीमा मान्छेको उत्पति र नेपाल प्रवेश  

काठमाडौं।  हालसम्म यस ब्रह्माण्डमा पत्ता लागे अनुसार पृथ्वी मात्र एउटा यस्तो ग्रह हो जहाँ जीवन सम्भव भएको छ। आजभन्दा ४ अर्ब ५० करोड वर्ष  वर्ष पहिले उत्पत्ति भएको यो पृथ्वी विविधता र सहस्यको खानी पनि हो ।  

सूर्यको ग्रहको रुपमा रहेको  पृथ्वी नाम कम्तिमा एक हजार  वर्ष पुरानो भएको मानिन्छ । १२ हजार ७ सय ६० किलोमिटरको भूमध्यरेखीय व्यास भएको पृथ्वी स्थलीय ग्रहहरूमध्ये सबैभन्दा ठूलो र सौर्यमण्डलको पाँचौं ठूलो ग्रह हो। 

 यसरी दुई खुट्टाले टेकेर हिँड्ने सांस्कृतिक मानवको विकासक्रम तिब्र हुँदै जाँदा आजभन्दा १२ हजार वर्ष पहिले अर्थात् ईसापूर्व १० हजार भन्दा पहिले दक्षिण पश्चिम एसियामा खेतीपाती गर्न सुरु गरेको विभिन्न प्रमाणहरु फेला परेका छन् । खेतीपातीको सुरुवात गरेको केही समयपछि उक्त मानवले कृषि तथा पशुपालन पनि गर्न थालेको देखिन्छ। 

  

 हाल यस पृथ्वीमा करिब ८ अर्ब २० करोड जनसङ्ख्याको बसोबास छ भने झन्डै ९० लाख प्रजातिका जीव तथा वनस्पतिको पनि बसोबास रहेको छ। त्यसमध्ये करिब २० लाख प्रजाति चाहिँ जनावर रहेको आकलन गरिएको छ। 

साढे ४ अर्ब वर्ष पहिले पृथ्वीको उत्पत्ति भएतापनि यहाँ जीवनको उत्पत्ति भएको भने धेरैपछि मात्र भएको हो। पृथ्वीको इतिहास खोतल्दै जाँदा अनेक किसिमका रोचक घटनाक्रम, कथा तथा इतिहासहरु भेटिन्छन् त्यसमध्ये मानव विकासक्रमको घटनाक्रम र यससँग जोडिएका प्रसङ्गहरु धेरैको चासोको विषयहरु बन्ने गरेका छन्।

 पृथ्वीमा मानिसको विकासक्रमको सन्दर्भमा पछिल्लो समयमा प्रमाणहरूमा आधारित अध्ययन अनुसन्धानबाट  विभिन्न कुराहरु थाहा भएतापनि पुरानो समयका तथ्यहरूलाई भने अझै एकिन गर्न सकिएको छैन । त्यसैले धेरै पुरानो इतिहासलाई दुर्लभ पुरातात्विक वस्तुहरूका आधारमा अनुमान गर्नुपर्ने हुन्छ। यसैका आधारमा विद्वानहरुले मानव जातिको विकासक्रमको कुरालाई मोटामोटी आकलन गरेर केही तिथिमितिहरू समेत प्रस्तुत गरेका छन्। 

पृथ्वीको उत्पत्ति साढे ४ अर्ब वर्ष पहिले भएतापनि  पृथ्वीमा आजको मान्छेको पुर्खा भने करिब ५० लाख वर्ष पहिले मात्र चिम्पान्जीको रुपमा देखियो अर्थात् चिम्पान्जी मार्फत आजको मानव जातिको पुर्खा अलगिएको दाबी गरिएको छ । उक्त प्रजातिले त्यसपछिका समयमा आफ्नो अस्तित्व र जीवन निर्वाहका लागि विभिन्न किसिमका विकसित घटनाक्रमहरू आकलन गरी अभ्यास गर्दै आएको पाइन्छ । आजभन्दा २५ लाख वर्ष पहिले उक्त मानव जातिले विभिन्न किसिमका औजारहरूको प्रयोग भएको अनुमान गरिएको छ, जसका आधारमा आजको सांस्कृतिक मानवको सुरुवात भएको हो ।  

इतिहासलाई कोट्याउँदै जाँदा करिब २० लाख वर्ष पहिले उक्त मानवले आगोको प्रयोग गरेको संकेतहरू मिलेका छन्। आगोको प्रयोग गर्न थालेपछि उसको खानपिन, रहनसहन र बासस्थानमा समेत पहिलेको भन्दा धेरै नै परिवर्तन आएको पाइन्छ। यसैका आधारमा मानव प्रणालीको सभ्यता र संस्कृति निर्माणको क्रमले अझ गति लिन थाल्यो । 

आजभन्दा १९ लाख वर्ष पहिले अफ्रिकाको भूमिमा दुई खुट्टाले टेकेर हिँड्ने पहिलो मानवको उदय भएको दाबी गरिएको छ । अफ्रिकाबाट सुरु भएको दुई खुट्टा टेकेर हिँड्ने मानव प्रजाति एक लाख वर्षपछि अर्थात्  १८ लाख वर्ष पहिले मात्र एसिया क्षेत्रमा आएको अनुमान छ। यस अर्थमा दुई खुट्टाले टेकेर हिँड्ने आजको मानवको इतिहासको प्रजाति अफ्रिकापछि एसियामा बसोबास गरेको देखिन्छ। युरोपमा भने आजभन्दा १ लाख वर्ष पहिले नियन्डरथल भन्ने मानवको फैलावट व्यापक रुपमा भएको पाइन्छ ।

 त्यसपछिका समयमा मानवको विस्तार र फैलावट यस पृथ्वीका विभिन्न ठाउँहरूमा तीव्र रुपमा भएको पाइन्छ । यसै क्रममा होमो स्यापिन्स भन्ने मानव आजभन्दा ३५ हजार वर्ष पहिले अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतका क्षेत्रहरुमा पनि फैलिएको थियो।   

उनिहरुले शुरु गरेको धान खेति नै आजको आधुनिक खेतीपातीको  आधार हो । यसरी नेपालमा धान खेतीको सुरुवात नै आधुनिक खेती प्रणालीको पहिलो बालीको रुपमा रहेको अनुमान गर्न सकिन्छ । धान खेतिपछि अन्य बालीहरु पनि यहाँ भित्रिन थाले ।  धान खेति शुरु भएको केहि समयपछि नेपालमा कोदो, जुनेलो जस्ता बालीहरू पनि भित्रिए ।

 

यसरी दुई खुट्टाले टेकेर हिँड्ने सांस्कृतिक मानवको विकासक्रम तिब्र हुँदै जाँदा आजभन्दा १२ हजार वर्ष पहिले अर्थात् ईसापूर्व १० हजार भन्दा पहिले दक्षिण पश्चिम एसियामा खेतीपाती गर्न सुरु गरेको विभिन्न प्रमाणहरु फेला परेका छन् । खेतीपातीको सुरुवात गरेको केही समयपछि उक्त मानवले कृषि तथा पशुपालन पनि गर्न थालेको देखिन्छ।    

आफ्नो जीवनलाई सजिलो, सहज बनाउने क्रममा ईसापूर्व ४ हजार ७ सय  पहिले माटोको भाँडा बनाउने र पाङ्ग्राको प्रयोग गर्ने गरेको पनि विभिन्न पुरातात्विक उत्खननहरुबाट थाहा हुन आएको छ। यसै क्रममा आजभन्दा ५ हजार ५०० देखि ४ हजार ३०० वर्ष पहिले अर्थात् ईसापूर्व ३५०० देखि २३०० को बीचमा ग्रीस र चीन लगायत विभिन्न देशहरुमा मान्छेले तामाको प्रयोग गर्न थालेको पाइएको छ । ढुंगा र माटोको प्रयोगपछि धातुको प्रयोग गर्न थालेको मानवले सांस्कृतिक र सामूहिक सभ्यता बनाउन थाले । यसैबाट उनिहरु विभिन्न समूहमा विभाजित हुदै गए । 

नेपालमा मानवको सुरुवात 

विश्वमा मान्छेको बसाई फैलिँदै गएको र एसिया क्षेत्रमा समेत अफ्रिकापछि मानवको बसोबास फैलिएको कुरा त हामीले यसअघि नै चर्चा गरिसक्यौ । त्यसोभए नेपालमा आजको मानव जातिको बसोबासको सुरुवात अर्थात् उसको फैलावट कहिलेदेखि भयो त ? यस बारेमा ठ्याक्कै भन्न सकिने यकिन तथ्यहरु त अहिलेसम्म फेला पर्न सकेको छैन । तर केहि पुरातात्विक उत्खनन तथा अनुसन्धानहरूबाट प्राप्त केही प्रमाणका आधारमा नेपालमा मानव जातिको बसोबास र फैलावटको अनुमान गर्न सकिन्छ।

विभिन्न पुरातत्त्वविद्हरूले गरेका अनुसन्धान तथा अध्ययनका आधारमा नेपालका हिमाल तथा पहाडहरू आजभन्दा १३ करोड वर्ष पुराना भएको अनुमान गरिएको छ । त्यसपछिको समयमा यस क्षेत्रमा विभिन्न खालका जीवनहरुको अस्तित्व सुरुवात भएको अनुमान गर्न सकिन्छ।

यसै क्रममा सन् १९८० मा बुटवलको तिनाउ नदीको छेउमा फेला परेको रामापिथेकस भन्ने मानव जातिको माथिल्लो बङ्गाराको अध्ययन गरी यस क्षेत्रमा कहिलेदेखि मानिसहरूको बसोबास भयो भन्ने अनुमानहरू पुरातत्वविद्  तथा मानवशास्त्रीहरुले गरेका छन्।

उनिहरुको अनुसन्धान अनुसार उक्त मानव बङ्गारा आजभन्दा ९० लाखदेखि १ करोड १० लाख वर्ष पुरानो भएको अनुमान छ । त्यस आधारमा नेपालमा विकसित भएको मानवको पुरानो पुर्खाहरु घुमफिर गरेको अनुमान लगाउन सकिन्छ । त्यसैगरी नेपालका दाङ लगायतका अन्य विभिन्न ठाउँहरुमा प्राचीन मानवले प्रयोग गरेका भाडाकुडा तथा हतियारहरु समेत फेला परेका छन् । यस आधारमा नेपालमा धेरै पहिलेदेखि नै घुमन्ते मानवले समेत आश्रय स्थल बनाएर बसोबास गरेको अनुमान लगाउन सकिन्छ। 

त्यसैगरी नेपालमा आजको आधुनिक मानवको आवतजावत र बसाइ कसरी र कहिलेदेखि भयो भन्ने सन्दर्भमा पनि एकिन तथ्याङ्क र प्रमाणहरू त प्राप्त गर्न सकिएको छैन । तर विभिन्न अध्ययनबाट प्राप्त प्रमाणका आधारमा आजभन्दा ५ हजार वर्ष पहिले हालको भारतमा पर्ने गंगाको मैदानबाट उत्तरतर्फ आएका मानिसहरूले नेपालमा व्यवस्थित बसोबास गर्न थालेको पाइन्छ । तिनै मानवहरुले नेपालमा धान खेती भित्र्याएको अनुमान गरिन्छ । 

  ईसापूर्व ५६३ मा गौतम बुद्धको जन्म भयो।  बुद्ध जन्मिएको ठाउँ  हालको लुम्बिनी क्षेत्रमा राजा शुद्धोधनले आफ्नो शासन व्यवस्था चलाएकाले त्यतिखेर  नेपालमा आधुनिक शासनको विकसित भइसकेको प्रणाणित गर्ने तथ्यहरु भेटिएका छन् । उक्त समयका विभिन्न माटाका भाडा, मुद्रा, कुवा लगायतका राजा तथा जनताले प्रयोग गरेका सामग्रीहरु समेत प्राप्त भएका छन्।

 

उनिहरुले शुरु गरेको धान खेति नै आजको आधुनिक खेतीपातीको  आधार हो । यसरी नेपालमा धान खेतीको सुरुवात नै आधुनिक खेती प्रणालीको पहिलो बालीको रुपमा रहेको अनुमान गर्न सकिन्छ । धान खेतिपछि अन्य बालीहरु पनि यहाँ भित्रिन थाले ।  धान खेति शुरु भएको केहि समयपछि नेपालमा कोदो, जुनेलो जस्ता बालीहरू पनि भित्रिए ।

त्यस्ता बालीहरू करिब ३ हजार वर्ष पहिले एसिया हुँदै व्यापार गर्नको लागि युरोपसम्म पुग्न बनाइएको व्यापारिक रेशम मार्गको बाटोबाट चीन र क्रमश नेपालमा भित्रिएको अनुमान छ।

यस आधारमा करिब ३००० ईसापूर्वतिर नेपालको वर्तमान क्षेत्रका केही भागहरूमा खेतीपाती र पशुपालनको सुरुवात भएको देखिन्छ। खासगरी हालको भारतमा पर्ने कश्मिर उपत्यकामा प्राप्त खेतीका प्रमाणहरुले पश्चिमबाट पूर्व सर्दै आएका मानिसहरुले कर्णाली क्षेत्रमा खेतीपाती भित्र्याएको हुनसक्ने अनुमान गरिएको छ।

पश्चिमबाट पूर्वतिर बसाईका प्रमाणहरु र भौगोलिक र वातावरणीय सामिप्यताको कारण यस्तो अनुमान गरिएको हो। त्यसैगरी आलु, मकै जस्ता बालीहरू भने उत्तर अमेरिकाबाट विस्तारित हुँदै नेपालमा भित्रिएको हो ।  

१६ औँ  शताब्दीतिर पोर्चुगलका व्यापारीले भारतमा मकै र आलुको बाली भित्र्याए र त्यहीबाट क्रमश उक्त बाली नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ। यस आधारमा नेपालमा धान, आलु, मकै जस्ता बालीहरू भारत हुँदै भित्रिए भने कोदो, जुनेलो जस्ता बालीहरू रेशममार्गको माध्यमबाट चिन हुँदै भित्रिएको अनुमान गर्न सकिन्छ।

यी बालीहरू भित्रिएपछि नेपालमा पनि  कृषि र खेतीपातीले मूल पेशाको  रूप लिँदै गएको अनुमान लाउन सकिन्छ। त्यसैगरी ईसापूर्व ६०० वर्ष पहिले किराँती राजा यलम्बरले एक अधिराज्य स्थापना गरी अहिर वंशका राजा भुवन सिंहलाई पराजित गरेर हालको दुधकोशी पारीको भूमिलाई किराँत राज्यको रूपमा विकास गरी शासन चलाए । यनको यो शासनबाट नेपालको भूगोलमा राजनीतिक प्रणाली समेत शुरु भएको अनुमा गरिन्छ । तर यस बारेमा पर्याप्त र भरभर्दो तथ्यहरु भने भेटिएका छैनन् । 

यसरी सुरुवातको मानव  पुर्खा देखि आधुनिक कृषि गर्ने मानव जो गङ्गाको मैदानबाट आए त्यसबाट समयक्रम बित्दै जाँदा करिब करिब २००० वर्ष पहिले देखि नेपाल भूभागमा आधुनिक शासन प्रणालीको सुरुवात भएको मान्न सकिन्छ। त्यसैगरी बुद्धकालीन समय पनि नेपालमा शासन प्रणाली स्थापित गरी व्यवस्थित मानवको बस्ती बसाएको आधार दिने अर्को तथ्य हो। 

 यो समयमा धेरै शिला लेख, मठमन्दिर, दरबार निर्माणका कामहरु भएकाले तिनै वस्तुहरु आज हामीले लेख्ने इतिहासका प्रमाणिक श्रोत भएका छन् । यसरी नेपालको इतिहास लेखिन भन्दा पहिलेका धेरै तथ्यहरु बाहिर आउँन नसक्दा हाम्रो विगतको बारेत यथेष्ट कुरा भन्न नसकिए पनि पुरातत्व तथा उत्खनन्ले भने धेरै रोचक र रहस्यमय कुराहरुको उत्खनन् गरेको छ । 

 

ईसापूर्व ५६३ मा गौतम बुद्धको जन्म भयो।  बुद्ध जन्मिएको ठाउँ  हालको लुम्बिनी क्षेत्रमा राजा शुद्धोधनले आफ्नो शासन व्यवस्था चलाएकाले त्यतिखेर  नेपालमा आधुनिक शासनको विकसित भइसकेको प्रणाणित गर्ने तथ्यहरु भेटिएका छन् । उक्त समयका विभिन्न माटाका भाडा, मुद्रा, कुवा लगायतका राजा तथा जनताले प्रयोग गरेका सामग्रीहरु समेत प्राप्त भएका छन्।

त्यो सँगै लुम्बिनीको अर्को बलियो प्रमाण हो  तत्कालिन शक्तिशाली सम्राट अशोकले २५० वर्षअघि गाडेको अशोक स्तम्भ। जुन स्तम्भमा गौतम बुद्धको जन्म भएको स्थानको बारेमा उल्लेख गरिएको छ। 

इतिहास बन्नका लागि प्रमाण अनिवार्य चाहिन्छ। प्रमाणबिनाको तथ्यहरू इतिहासले केवल कथनको रुपमा मात्र मान्दछ। त्यस आधारमा नेपालको इतिहासको भरपर्दो प्रमाण दिने आधार भनेको ४६४ मा भक्तपुरको चागुनारायणमा तत्कालीन राजा मानदेवले लेखेको शिलालेख हो। यो नै हालसम्मको पहिलो शिलालेखको रुपमा प्राप्त भएको छ। यसलाई हाम्रो इतिहासको सुरुवातको मान्यता दिइन्छ अर्थात् नेपालको इतिहास यही शिलालेख यताको समयबाट सुरुवात भएको मानिन्छ।

यद्यपी यस भन्दा अघिको एउटा शालिक समेत फेला परेको छ । काठमाडौको हाँडी गाउँमा फेला परेको राज जय बर्माको शालिकलाई नेपालको इतिहासको सबै भन्दा पुरानो प्रमाण पनि भन्ने गरिन्छ । तर यसको बारेमा अनुसन्धान गर्न बाँकी छ । नेपालको हास सम्मको इतिहास लिच्छवीकाल देखि नै शुरु हुन्छ ।

यो समयमा धेरै शिला लेख, मठमन्दिर, दरबार निर्माणका कामहरु भएकाले तिनै वस्तुहरु आज हामीले लेख्ने इतिहासका प्रमाणिक श्रोत भएका छन् । यसरी नेपालको इतिहास लेखिन भन्दा पहिलेका धेरै तथ्यहरु बाहिर आउँन नसक्दा हाम्रो विगतको बारेत यथेष्ट कुरा भन्न नसकिए पनि पुरातत्व तथा उत्खनन्ले भने धेरै रोचक र रहस्यमय कुराहरुको उत्खनन् गरेको छ ।