कुन दिशामा सिरानी राखेर सुत्दा के हुन्छ ? जानिराखौं
- Netizen Nepal
- सोमबार, ५ बैशाख, २०७९- ०८:३२:००/ Monday 04-18-22

नेटिजन नेपाल
काठमाडौँ, ५ वैशाख। तपाई कुन दिशातिर सिरानी लगाएर सुत्नुहुन्छ ? पुर्व, पश्चिम, उत्तर या दक्षिण ? मानिसको सुताई उसको स्वाथ्यसँग सम्वन्धित हुन्छ । जब हामी दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आरामको आवश्यकता पर्छ ।
शरीरको आरामको लागि सुत्नु अति नै आवश्यक छ । तर सुताइका पनि नियम छन् । तर, खाना खानेबित्तिकै सुत्नु भने स्वास्थ्यका लागि हानिकारक छ। सुत्ने समय जहिले पनि सकारात्मक सोंच राख्नुपर्छ । हात खुट्टा धोएर राम्रोसँग पुछेर मात्र सुत्नुपर्छ । यसैगरि सुत्ने कोठामा भगवानका चित्र, या मुर्ति राख्नुलाई राम्रो मानिन्छ । भने, विहान घाम लाग्नुभन्दा पहिले नै उठ्नुलाई स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ।
जानीराखौं कुन दिशातिर सिरानी राखेर सुत्दा राम्रो हुन्छ :
पूर्व सिरानी
पूर्व दिशामा सिरानी लगाएर सुत्दा एकाग्र तथा स्मरणशक्ति बढ्ने एवं स्वास्थ्यमा समेत यसले राम्रो प्रभाव पार्ने बताइन्छ । बिशेषत: विद्यार्थीहरूलाई यस दिशामा सिरानी लगाएर सुत्नु फलदायी हुन्छ।
पश्चिम सिरानी
पश्चिम दिशामा सिरानी लगाएर सुत्नुलाई पनि राम्रै मानिन्छ । यो दिशामा सिरानी राखेर सुत्नाले नाम, दाम तथा इनाम पाइने शास्त्रमा उल्लेख छ।
उत्तर सिरानी
उत्तर दिशामा सिरानी गरेर सुत्दा विभिन्न विभिन्न रोग लाग्ने र समस्या आइपर्दछ। विशेष गरी मृत व्यक्तीहरूलाइ उत्तर दिशातर्फ सिरानी राखेर सुताइने गरिन्छ।
दक्षिण सिरानी
दक्षिणपट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव हुने भएकाले यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ । एजेन्सी