• बुधबार, ८ जेठ, २०८२
  • १२:२०:४६

चन्द्र शमशेरलाई फोहोर कपडाको पार्सल पठाएका कृष्ण प्रसाद कोइराला र गुमनाम व्यक्तित्व कोसु बाबु 

काठमाडौं । आधुनिक नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा नेतृत्वदायी भुमिका खेल्नेमा नेपालका कोईराला परिवारको नाम  अग्रणी स्थानमा आउँछ । कोईराला परिवारका खरदार साहेबका उपमा बोकेका कृष्णप्रसाद कोईरालालाई परिवारमा पिताजीको नामबाट पनि चिनिने गरिन्छ । 

 चन्द्रगंज भन्सारमा रहेका दुई जना ढाक्रेहरु संग तिनीहरूका पुराना फाटेका दुईजोर लुगाहरु लिएर कोईरालाले ढाक्रेहरुलाई नयाँ लुगा दिएर पठाए छन् । पहाडबाट झरेका ढाक्रेको च्यातेका गन्हाउने लुगाहरुलाई प‍ोको बनाई तत्कालीन श्री ३ महाराज चन्द्र संम्शेरको दरवारमा आफ्नो तर्फबाट आफ्नै भाकामा चिठी समेत लेखि पार्सल गरि पठाए छन । 

 

कृष्णप्रसाद कोईराला शुरुआतका समयमा सरकारि जागिरबाट प्रवेश गरि जिवनको द‍ोश्रो चरणमा व्यापार तिरलागे पछि उहाँ  तत्कालिन राणा शासक द्धारा भारत र अन्य मुलुकबाट आयात गरिने सामग्रीहरुमा कर (भंन्सार) उठाउने कामको ठेक्कामा दिने प्रचलन रहेको थियो ।

 यही ठेक्का लिने काम खरदार  कोईरालाले कार्य गर्दै गर्दा तत्कालीन सप्तरीको चन्द्रगंज (हालको सिरहा माडर) भन्सारमा नेपालको पुर्वी पहाडबाट भारतको सिमानाका बजारहरुबाट लुगाफाटो, नुन तेल आदि किन्न  झरेका भरियाहरु जस्लाई ढाक्रे पनि भन्ने गरिन्थ्यो तिनीहरू संग सप्तरीको चन्द्रगंज भन्सार नाकामा कृष्णप्रसाद कोईरालासंग भेट भएछ । ती गरिब ढाक्रेहरुको कारुणिक कथाहरु सुने पछि खरदार कृष्णप्रसाद कोईरालाको अन्तर आत्माले नेपालीलाई मुक्त गराउन केही क्रान्तिकारी कदमहरु चाल्नुपर्ने सोच जाग्रित भएर आएछ। 

चन्द्रगंज भन्सारमा रहेका दुई जना ढाक्रेहरु संग तिनीहरूका पुराना फाटेका दुईजोर लुगाहरु लिएर कोईरालाले ढाक्रेहरुलाई नयाँ लुगा दिएर पठाए छन् । पहाडबाट झरेका ढाक्रेको च्यातेका गन्हाउने लुगाहरुलाई प‍ोको बनाई तत्कालीन श्री ३ महाराज चन्द्र संम्शेरको दरवारमा आफ्नो तर्फबाट आफ्नै भाकामा चिठी समेत लेखि पार्सल गरि पठाए छन । 

  श्री ३ महाराजलाई ढाक्रेको लुगा संग आफ्नो पोशाक दाज्न समेत  भनि चिठीमा समेत  लेखे छन। श्री ३ महाराज चन्द्र संम्शेर ढाक्रेका गन्हाउने लुगा पठाएको पार्सल देखेपछि रिसले चुर भई कृष्णप्रसाद क‍ोईरालाको संपूर्ण ठेक्का पट्टाको काम अपहरण गरि कृष्णप्रसादका श्रीसंपतिहरु समेत जफत गर्ने र मुगलान कटाउने आदेश दिए छन।   

बिक्रम संवत् २०४६ मा  बहुदलीय लोकतान्त्र  ब्यवस्थाको पुनर बहालीपछि नेपालमा राजनीतिक दलहरूको प्रतिबन्ध फुकुवा भएर गयो । मातृकाप्रसाद कोईराला  स्थापना भएको समय देखि नेपाली कांग्रेसको सभापति संवत् २००८ साल सम्म रहदा पनि नेपाली कांग्रेस शाही राजाको कोपभाजनमै परि रहेको थियो । अर्थात् नेपाली कांग्रेस २००३ साल देखि २०४६ झन्डै ४३ बर्ष सम्म प्रतिबन्धित र संक्रमण कालिन ९ २००४- २०१५० अवस्थामा  नै रहेको पाईन्छ ।

 

पिताजी कृष्णप्रसाद कोईराला आफ्ना दुई पत्नीहरु  जेठी श्रीमती म‍‍ोहना कुमारी क‍ोईराला र कान्छी श्रीमती दिव्या क‍ोईराला र दुबै श्रीमती तर्फका लालाबाला सहित भारतीय भुमीमा शरणार्थी जस्तै अवस्थामा बसे । 

समय संगै श्री ३ चन्द्र संम्शेरको मृत्यु पछि खडग संम्शेर प्रधानमन्त्री भए । खडग संम्शेर प्रधानमन्त्री भए पछिल्लो उनका शासनकालमा पिताजी कृष्णप्रसाद प्रति शासनसत्ता अलि खुकुलो र सहज हुदै गएछ ।

खरदार कृष्णप्रसाद कोईरालाका दुईवटी श्रीमतीहरुमध्ये जेठि श्रीमती मोहना कुमारी बाट एक भाइ छ‍ोरा मातृकाप्रसाद कोईराला थिए भने कान्छी श्रीमती  दिव्याका तर्फबाट चार भाइ छ‍ोराहरु थिए । जेठा छोरा बिश्वेश्वर प्रसाद थिए भने माहिला केशव प्रसाद कोईराला जस्लाई क‍ोसु बाबू पनि भन्ने गरिन्थ्यो । बिश्वेश्वर प्रसाद क‍ोईरालाका साहिला भाइ तारिणी थिए भने सबैभन्दा कान्छा भाइ गिरिजाप्रसाद क‍‍‍ोईराला थिए । 

पिताजी  कृष्ण प्रसाद क‍ोईरालाका पाँच भाइ छ‍ोराहरुमा तीन भाइ छ‍ोराहरु सर्वश्री मातृकाप्रसाद कोईराला, बिश्वेश्वर प्रसाद कोईराला र कान्छा छ‍ोरा गिरिजाप्रसाद कोईराला बिक्रम संवत् २००७ साल पछि प्रजातान्त्रिक  नेपालका समय कालमा प्रधानमन्त्री पनि भएका थिए ।  खरदार कृष्णप्रसाद कोईरालाका सालीका छ‍‍ोरा सुशील क‍ोईराला समेत संघीय गणतन्त्रिक नेपालका प्रधानमन्त्री पनि भए ।

क‍ोईराला परिवारको सक्रियतामा संवत् २००३ सालमा राणा शासनको अन्त गर्न क्रन्तीकारी दल नेपाली कांग्रेसको स्थापना भयो । नेपाली कांग्रेसको स्थापनाकाल देखिनै कोईराला परिवारबाट नेतृत्वदायी भुमिकाको लेखाजोखा गर्ने हो भने नेपाली कांग्रेस पार्टीकै सभापतिमा झन्डै ६१ बर्ष सम्म  कोईरालाहरुनै नेतृत्वदायि भुमिका मै रहेका थिए ।

   केशव प्रसाद कोईरालालाई कोसु बाबु भनेर पनि संवोधन गरिन्थ्यो । कोसु बाबुले आफ्ना दाजुभाइका संन्ततिहरुको भरणपोषण र पठनपाठनको काम गराउने जिम्मेवारी लिनु भएको थियोे ।  कोईराला निवास बिराटनगरमा रहेकाकोहरुको हेर बिचारको काम भाइ कोसु बाबुले गर्ने गरेको कुरा बीपी कोईरालाको  आफ्नो  जेल जर्नेल र आत्मबृतान्तमा समेत  उल्लेख गरेका छन । अर्थात् कोसु बाबू रामायणकालका रामका भाइ भरतको भुमिकामा रहेका थिए भने अतिरंजित पक्कै पनि हुंदैन ।

 

 अहिले नेपाली कांग्रेसको स्थापना भएको ७८ बर्ष भई सकेको छ। नेपाली कांग्रेसको स्थापनाकाल देखि मातृकाप्रसाद कोईराला ४ बर्ष सभापति रहे भने बिश्वेश्वर प्रसाद कोईराला २५ बर्ष रहे । तर बिपी कोईरालाको समय एकतंत्रिय शाही शासनकै कोपभाजनमा परिरहे । 

बिक्रम संवत् २०४६ मा  बहुदलीय लोकतान्त्र  ब्यवस्थाको पुनर बहालीपछि नेपालमा राजनीतिक दलहरूको प्रतिबन्ध फुकुवा भएर गयो । मातृकाप्रसाद कोईराला  स्थापना भएको समय देखि नेपाली कांग्रेसको सभापति संवत् २००८ साल सम्म रहदा पनि नेपाली कांग्रेस शाही राजाको कोपभाजनमै परि रहेको थियो । अर्थात् नेपाली कांग्रेस २००३ साल देखि २०४६ झन्डै ४३ बर्ष सम्म प्रतिबन्धित र संक्रमण कालिन ९ २००४- २०१५० अवस्थामा  नै रहेको पाईन्छ ।

बिक्रम संवत् २०४८ पछि श्री गिरिजाप्रसाद कोईराला र श्री सुशील कोईराला यी दुई भाइहरु नेपाली कांग्रेसको सभापति भई रहदा सम्म पार्टीको संगठन बिस्तार हुदै गएको थियो भने त्यस पछिका समयमा नेपाली कांग्रेस भित्र चरमरुपमा गुटबन्दीले नराम्रो संग गिजोलिदै  गए बाट पार्टिको साखमा खिया लाग्दै गएको चर्चा परिचर्चा आमरुपमा नेपाली माझ उठिरहेकोनै पाईन्छ ।

कृष्णप्रसाद क‍ोईरालाको नेपाली समाजमै हुर्केका बढेका नेपाली  गरिब ढाक्रेहरुको च्यात्तिएको लुगाफाटाहरु तत्कालीन श्री ३ महाराज चन्द्र संम्शेरलाई सप्तरीको चन्द्रनगर अड्डा ( हाल सिरहा जिल्लाको माडर) बाट नेपाली हुलाकबाट पार्सल गरि पठाएको पोका संगै श्री ३ चन्द्र संम्शेरलाई लेखेको हलफनामामा भनेका भाखाहरु नेपालका बर्तमान राजनीतिक दलका सुप्रिमोहरु र यिनका भारदारहरुलाई ठ्याक्कै मिल्ने देखिन्छ ।

 नेपालका प्रमुख दलका नेताहरू ( सुप्रीमोहरु) झुत्रा झाम्रा गरिब निमुखाहरुसंग प्रत्यक्ष सामना गर्ने अबस्थामा पट्कै छैनन् ।  आफ्ना वरिपरि सुरक्षा दिनेहरुको घेरामा रहेर हिड्ने गरेका छन् । पिताजी  कृष्णप्रसाद कोईरालाका कान्छी श्रीमती दिव्या कोईरालाका माहिला छ‍ोरा केशव प्रसाद क‍ोईराला थिए,  जस्लाई क‍ोसु बाबुक‍ो नामबाट पनि चिनीने गरिन्थय‍‍ो। उनलाई त्रेतायुगको रामायणकालका रामका आज्ञाकारी भाई भरतको संझना गराउछ। 

आफ्न दाजु बिश्वेशेवर कोईराला बिक्रम संवत् २०१७ साल पौष ०१ गते नेपाली कांग्रेसदलबाट प्रधानमन्त्री हुनुभएका दाईलाई शाही राजाले शैनिकको बलमा सत्ताच्युत गरि प्रधानमन्त्री कोईराला र उनका दलका मंत्रीगण, नेताहरू र उनका परिवारिका सदस्यहरुलाई समेत शाही राजा महेन्द्रले जेलमा हालेका थिए । नेपालको राजनीतिक वृत्तमा तत्कालीन समयमा हाहाकार र त्रासको वातावरण समेत श्रृजना  गरिएको थियो । 

कृष्णप्रसाद कोईरालाका कान्छी श्रीमतीका चारभाईका संन्तानहरुको भरणपोषण गर्ने जिम्मा बीपी कोइरालाकि आमाको जिम्मामा आईपुगेको थियो । बृद्ध अबश्थाकि आमाको देहावसान बीपी कोईराला जेलमानै हुंदा संंवत २०२० ताका नै भएको थियोे । यश अर्थमा कृष्णप्रसाद कोईरालाका कान्छी पट्टीका सन्तानको लालनपालन र सहयोग जुटाउने काम बीपीका माहिलो भाइ श्री केशव प्रसाद कोईरालाको कांधमा आई पुगेको थियोे ।  

नेपाली कांग्रेसका नेताले आफ्नो विगतको इतिहास आफ्ना नेताले गरेको त्याग तपस्या र बलिदान लाई आत्मसाथ गर्दै अगाडि बढ्न सकेमा उनीहरूको जीवन सरल हुनेछ भने जीवनको सरलताले जनताप्रतिको विश्वासको मात्रा पनि बढाउनेछ। यतिखेर नेताप्रति जनताको विश्वास गुम्नु सबैभन्दा ठूलो समस्या हो। त्यसैले यो समस्या समाधानका लागि नेपाली कांग्रेसले समयमा नै सोचेर सच्चिनु उसको पनि हितमा छ भने यसले जनहित पनि पक्कै गर्नेछ।

 

केशव प्रसाद कोईरालालाई कोसु बाबु भनेर पनि संवोधन गरिन्थ्यो । कोसु बाबुले आफ्ना दाजुभाइका संन्ततिहरुको भरणपोषण र पठनपाठनको काम गराउने जिम्मेवारी लिनु भएको थियोे ।  कोईराला निवास बिराटनगरमा रहेकाकोहरुको हेर बिचारको काम भाइ कोसु बाबुले गर्ने गरेको कुरा बीपी कोईरालाको  आफ्नो  जेल जर्नेल र आत्मबृतान्तमा समेत  उल्लेख गरेका छन । अर्थात् कोसु बाबू रामायणकालका रामका भाइ भरतको भुमिकामा रहेका थिए भने अतिरंजित पक्कै पनि हुंदैन । 

बीपी कोईरालाका तीन भाइ छोरा - प्रकाश, श्री हर्ष र सशांक थिए भने कोसु बाबुको दुई भाइ छ‍ोरा - निरंजन र शेखर कोईराला थिए,  तारणी प्रसाद कोईरालाका एक भाइ छोरा ज्योति थिए । बीपी कोईरालाका कान्छा भाइ श्री गिरिजाप्रसाद कोईरालाकि एक मात्र सुपुत्री सुजाता कोईराला  थिईन ।

बिक्रम संवत् २०१७ साल पौष ०१ गतेको कान्ड पछि क‍ोईराला परिवारकै शैलजा, नोना कोईराला सहित कांग्रेसकि नेतृ मंगला देवी, बिजया बराल लगाएत दर्जनौं महिलाहरु शाही राजा महेन्द्रको पौष ०१ गतेको कदमको बिरुद्धमा राजालाई टुडिखेलको शाही मंन्चमा कालो झन्डा देखाएर बिरोध गर्दा कोसु बाबुकी श्रीमती नोना कोईराला, गणेशमान सिंहकि श्रीमती मंगला देवी, कोईराला परिबारकी क्रान्तिकारी नेतृ सुश्री शैलजा लगाएत दर्जनौं महिला नेतृहरु टुडिखेलबाट लछारपछार गर्दै शाही सेना  र प्रहरीहरुले जेलको कालकोठरीमा लिएर गएका थिए ।

यस किसिमको सङ्घर्ष र जीवनको जोखिम मोलेर प्राप्त गरेको प्रजातन्त्र तथा हालको गणतन्त्र को विगत लाई नेताहरुले बिर्सिदा पार्टीले अवलम्बन गरेको मूल मर्म छायाँमा परेको छ। आज नेपाली कांग्रेसका नेताहरुलाई न त विगतका नेताहरुले गरेको त्याग र समर्पण सम्झने फुर्सद छ न त आफूलाई नैतिकवान र जनताप्रति समर्पित भएर काम गर्ने फुर्सद नै छ। जो मानिसले नेपाली कांग्रेसको इतिहास पढेका छन् उनीहरूलाई अहिलेका नेताको चर्तिकला देख्दा रिस उठ्नु स्वभाविकै हो।

त्यसैले नेपाली कांग्रेसका नेताले आफ्नो विगतको इतिहास आफ्ना नेताले गरेको त्याग तपस्या र बलिदान लाई आत्मसाथ गर्दै अगाडि बढ्न सकेमा उनीहरूको जीवन सरल हुनेछ भने जीवनको सरलताले जनताप्रतिको विश्वासको मात्रा पनि बढाउनेछ। यतिखेर नेताप्रति जनताको विश्वास गुम्नु सबैभन्दा ठूलो समस्या हो। त्यसैले यो समस्या समाधानका लागि नेपाली कांग्रेसले समयमा नै सोचेर सच्चिनु उसको पनि हितमा छ भने यसले जनहित पनि पक्कै गर्नेछ।