• शुक्रबार, २ श्रावण, २०८२
  • ०३:२०:३७

रुसद्वारा १ हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

काठमाडौं। गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले २०८२ साउन १ गते  बिहीबार युक्रेनलाई १ हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ ।

मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ । 

“युद्धका क्रममा मारिएका १ हजार सैनिकको शब रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,” युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही लडाकू गैरसैनिकलाई फिर्ता गरिएको दाबी गरेको छ । यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । यसअघि रुसले युक्रेनी भेषमा रहेको बेलाय मारिएका रुसी सैनिकको शवलाई रूसले सुपुर्दगी गरेको आरोप लगाएको थियो । 

रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको अवशेष फिर्ता पठाएको बताउनुभयो । दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलहरूमध्ये कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र अवशेषहरूको स्वदेश फिर्ती द्वन्द्वको दौडान नियमित रूपमा हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद रुसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ र २ पक्ष ३ वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि सहमत हुने सम्भावनाको नजिक पुगेका छैनन् । गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका कडा मागहरूको सूची पेश गरेको थियो । 

किएभले रूसी अडानहरूलाई अस्वीकार्य मागको रूपमा व्याख्या गर्दै ती मागलाई खारेज गरेको छ र यदि मस्को लचक बन्न इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि प्रश्न उठाएको छ । रासस\एएफपी ।