• आइतबार, २५ श्रावण, २०८२
  • ०४:४२:११

उकालो लाग्दै सुनको मूल्य

काठमाडौँ ।  पहेलो धातु सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु १ लाख ९९ हजार ४ सय पुगेको छ । 

बिहीबार प्रतितोला रु १ लाख ९८ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा रु १ हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

 बिहीबार प्रतितोला रु २ हजार ३ सय १५ मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने तोलामा रु १० ले वृद्धि भएर प्रतितोला रु २ हजार ३ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।