• सोमबार, १२ असोज, २०८३
  • १०:०१:४६

११ महिना: ६ हजार विपद्का घटना

काठमाडौं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल ६ हजार ७ सय ९९ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८ सय १४ घाइते भएका छन् ।

विपदका कारण १२ हजार ४ सय  ५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । 

३ हजार ३ सय ३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ । सो अवधिमा बाढीका ३ सय १८, पहिरो ५ सय ९०, भारी वर्षा ४ सय २९, चट्याङ ३ सय ६७, सर्पदंश ५ सय ९२, डढेलो २ सय ४६ वटा घटना भएका छन् । 

त्यस्तै, हावाहुरीका २ सय ९२, जनावर आक्रमण ४ सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका ५ , भूकम्प ७, डुङ्गा पल्टेर २ वटा घटना घटेका छन् । 

त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।  रासस ।