कोरियाको साझेदारी पर्खदै ग्रिनसिटी
-
नेटिजन संवाददाता
- सोमबार, १६ असार, २०८२- ११:५०:००/ Monday 06-30-25

काठमाडौं । मध्यम स्तरको परिवार, बृद्धअबश्थाका बुबा आमा, ७दाजुभाई दिदीबहिनी, छरपस्ट व्यवहार, श्रीमती लालाबाला ४ छोराछोरी सहित गुल्मि जिल्लाको छत्रकोटबाट कामको खोजिमा बसाई सरे जसरीनै झिमझिम पानी परिरहेको दिन झिटिगुन्टा पोका पारेर मन अमिलो बनाउंदै बुटवलको यात्रा गरेको आज पनि सम्झना ताजैछ।
त्यति बेला पनि चिने जानेका व्यक्तिहरु साउदीअरब, कत्तार, दुबाई र केहि व्यक्ति कोरिया जापान जाने बारेमा राम्रो जानकार भएकोले पैसा कमाउने ईच्छा ममा पनि थियो। कमाउन सक्ने उमेर भएकोले ४ छोराछोरी सहित परिवारका अन्य सदस्यको व्यवहार मिलाउने चाहना बढिरहेको थियो। बुटवलमा रहेको बेला रातको सपनीमा ओइ केटा बिदेश जा भन्दै कसैले कानेखुशी गरेझैँ झस्याङ्ग विउंझिएको सम्झना पनि ताजै छ ।
हुण्डी मार्फत रकम पठाउने व्यवस्था मिलाएर मेरो आम्दानी सोचे भन्दा निकै राम्रो भयो, झण्डै १२-३ लाख रुपैयाँ आर्जन गर्न सफल भएँ। कोरियाबाट मैले पूंजी आर्जन मात्र नभै अन्य धेरै विषयहरु सिक्ने अवसर पाएं। कोरियाबाट आर्जज गरेको पूंजी तथा व्यवसायिक ज्ञानले नेपालमा व्यवासाय सञ्चालन गर्न ठूलो भूमीका खेलेको छ।
सुने अनुसार नेपालबाट वैदेशिक रोजगारका लागि जाने मुलुकहरुः मलेसिया, साउदी अरब, कतार, दुबाई, कोरिया, जापान आदि मध्ये एक देशमा गएर राम्रो आम्दानी गर्ने मेरो चाहना अनुसार त्यतिबेला बुटवलमा चर्चामा रहेको कोरियानै मेरो रोजाईमा पर्यो। कोरिया जाँदा लाग्ने खर्च ८० हजार रुपैयाँ जुटाउनका लागि परिवारको सदस्यसँग रहेको केही सुनका गहना र अन्य रकम आफन्तबाट सापटी लिएर मध्यस्थकर्ता मार्फत कोरिया जाने अवसर मिल्यो।
कोरियामा गएर कम्पनीमा काम गर्न पाईन्छ र राम्रो आम्दानी हुन्छ भन्ने सुनेकोले खुशी हुंदै कोरियाको यात्राको थालनी भयो। कोरियामा पुगेको भोलीपल्टबाट कम्पनीमा कामको शुरुवात गरें। सहपाठीले यो चिज लिएर आइज भन्दा त्यो चिज लिएर जान्थें अनि गालीनै होला ठूलो स्वरले कराउंथे।
इसाराबाट कामहरु चलाउन थालें, मेरो भाषा कोरियाकाले नबुझ्ने, मैल उताको भाषा नबुझ्ने गरेर केही महिना विते। विस्तारै सामान्य व्यवहारिक भाषा आऊ जाऊ, खाना खाऊ, काम गर, काम छिटो छिटो गर आदि जाने पश्चात काम अलि सजिलो भएको थियो। ६ महिना पश्चात भने साधारण बोलीचालीमा समस्या भएन र त्यति बेला सिकेको कोरियाली भाषा आज पनि थोर बहुत सम्झना रहेको छ।
कोरियामा टिभी रेडियो आदिमा प्रयोग हुने प्लास्टिकको सामान उत्पादन गर्ने कम्पनीमा काम गरेको थिएँ। नेपालीहरु कोरिया जाने लहरनै चलेकोले साथिभाईसँग दुखः सुख साट्दै दिनहरु वित्दै गए। कोरियाको एकै कम्पनीमा ११ महिना काम गर्ने अवसर मिल्यो।
प्रति महिना रु.२५,००० पारिश्रमिक ९४ लाख ओन० मा काम गर्दा ११ महिनामा मेरो आम्दानी रु.३,७५,००० मात्र हुनु पर्ने थियो तर त्यतिबेला कोरियाबाट नेपालमा आफ्नो पारीश्रमिक परिवार समक्ष पठाउन सहज व्यवस्था नभएकोले हुण्डि मार्फत रकम पठाउने व्यवस्था मिलाएँ।
हुण्डी मार्फत रकम पठाउने व्यवस्था मिलाएर मेरो आम्दानी सोचे भन्दा निकै राम्रो भयो, झण्डै १२-३ लाख रुपैयाँ आर्जन गर्न सफल भएँ। कोरियाबाट मैले पूंजी आर्जन मात्र नभै अन्य धेरै विषयहरु सिक्ने अवसर पाएं। कोरियाबाट आर्जज गरेको पूंजी तथा व्यवसायिक ज्ञानले नेपालमा व्यवासाय सञ्चालन गर्न ठूलो भूमीका खेलेको छ।
कोरिया प्रवेश गरेको स्मरण आज पनि सफा ठाँउ सुकिला मानिस, चिल्ला कार, सफा बाटाहरु, व्यवस्थित शहर, अनुशासित रुपमा गन्तव्य तर्फ गुडिरहेका कार, बस, सब-वे आदि मात्र नियाल्दा पनि कोरियाबारे बुझ्न सजिलो भएको थियो। मैले जे देखें र अनुभव लिने अवसर मिल्यो, बहुमुल्य सिकाई आज दैनिक जिवनको हिस्सा बनेको छ।
मैले काम गरेको कार्यस्थल, संगै काम गरेका सहपाठी र मलाई मायां गर्ने साहुजी लगायतका कोरियामा भेटेका व्यक्तिहरु आज पनि मेरो प्रेरणाको श्रोत हुनुहुन्छ । कोरियाको ११ महिनाको बसाईलाई बीट मार्दै नेपालमा नयाँ व्यवसाय गर्ने सोचाईका साथ मातृभूमीलाई नमन गर्दै स्वदेश फर्किएँ।
ठूलालाई सम्मान गर्ने, परिवारलाई उच्च महत्व दिने, लगायत धेरै कुराहरु कोरियाले सिकायो। मेरो सोचाई कुनै दिन मालिकको भूमिका निभाउने अवसर प्राप्त कोरियामा सिकेको कम्पनिका मालिकले जस्तै व्यवहार गर्ने प्रण गरेको थिएँ र आज सार्थकता पाएको छ। सन् २००१ मा कोरिया बाट नेपाल फर्किएर आर्जन गरेको पुँजी, सीप नेपालको व्यवसायमा निरन्तरता दिने मेरो चाहनाले निरन्तरता पाएको छ। ममा व्यवसायिक क्षमता थियो भन्ने लाग्छ, शुरुवात गरेका विभिन्न व्यवसायमा सफलता हात पार्दै अगाडी बढ्ने भाग्यमानीका रुपमा आफुलाई सम्झन्छु।
मैले कोरियाबाट सिकेका विषयवस्तुनै आज मेरा बहुमूल्य गहना भएका छन्। कम्पनीका साहुजी करोडौं डलरको मालिक हुनुहुन्थ्यो र उहाँमा घमण्ड कहिल्यै देखिन, उहाँले आफ्नो कम्पनीमा काम गर्ने मानिसको दुखःसुखको जानकारी लिनुहुन्थो ।
कम्पनीका कर्मचारी भेटे पश्चात खाना खाए नखाएको सोध्ने, सन्चो बिसन्चो सोध्ने, काम गरि रहेको स्थानमा आएर फोहर देखिएमा अरुलाई जानकारी नदिई झाडुले फोहर सफा गर्ने, आफू भन्दा ठूलालाई सम्मान गर्ने सानालाई माया गर्ने, खाना नफ्याक्ने, मिठो बोलि बोल्न आदि उहांबाट सिकेका ठूलो गहना मसंग रहेकाछन्।
मैले बुझे अनुसार मानिसको मुखबाट निस्केने दुई किसिमका भावनाहरु मध्ये, एउटा कडा एउटा नरम शब्द मिलाएर बोल्ने, मेहनत गर्ने, झुट कहिल्यै नबोल्ने, पैसा कमाउने उधोग धन्दा खोल्ने, सकेसम्म धेरैलाई जागिर खुलाउने, सामाजिक अभियान्ता बन्ने, अर्काको धन दौलतमा लोभ नगर्ने आदि मैले कोरियाबाट पाएको शिक्षा हो।
सफलताको सूत्रः
अस्पतालले उपचारका लागि आर्थिक अवस्था कमजोर भएको प्रमाणित भएमा सबै किसिमका उपचार निशुल्क गर्नु, विभिन्न मिडियाबाट आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका व्यक्ति तथा विरामी कुर्ने परिवारको सदस्यलाई समेत खान बस्रको व्यवस्था गर्नु, स्वास्थ्य शिविर चलाएर ग्रामीण भेगमा उपचारको व्यवस्था मिलाउनुका साथै सुपथ मुल्यमा स्वास्थ्य सेवा उपलव्ध गराउनुनै सफलताको आधार बन्यो।
ठूलालाई सम्मान गर्ने, परिवारलाई उच्च महत्व दिने, लगायत धेरै कुराहरु कोरियाले सिकायो। मेरो सोचाई कुनै दिन मालिकको भूमिका निभाउने अवसर प्राप्त कोरियामा सिकेको कम्पनिका मालिकले जस्तै व्यवहार गर्ने प्रण गरेको थिएँ र आज सार्थकता पाएको छ। सन् २००१ मा कोरिया बाट नेपाल फर्किएर आर्जन गरेको पुँजी, सीप नेपालको व्यवसायमा निरन्तरता दिने मेरो चाहनाले निरन्तरता पाएको छ। ममा व्यवसायिक क्षमता थियो भन्ने लाग्छ, शुरुवात गरेका विभिन्न व्यवसायमा सफलता हात पार्दै अगाडी बढ्ने भाग्यमानीका रुपमा आफुलाई सम्झन्छु।
मैले चिने जानेका व्यक्तिसंग कोरियाको भोगाई र सिकाईले मेरो व्यवसाय सफल भएको बारेमा बताउने गर्थे र आजका दिनमा पनि कोरिया प्रतिको मेरो सदभावमा कमी आएको छैन्। म कोरिया नगएको भए आज यो अबस्थामा आउन सक्ने थिइन भन्नेनै मेरो बुझाई रहेको छ। कुनै पनि ओलम्पिक खेल हुँदा म जहिले पनि कोरियाको समर्थन गर्थे र आजका दिनमा पनि त्यहि समर्थन गरिरहेको छु।
कोरियाबाट फर्किए पश्चात परिवारका सदस्य, आफन्तजन सबैलाई कुनै न कुनै व्यवसायमा समावेश गरेको छु। मध्यम स्तरको पारिवारीक हैसियतले पनि उचाई चुमेको छ। मेरो व्यवसायको बारेमा खुलाउनु पर्दा प्यारामेडिक्स कलेज, हस्पिटल, प्लाई हाउस्, ग्लासहाउस, साडि हाउस, फर्निचर उद्योग, दाना उद्योग जस्ता व्यवसायमा करिब ६०० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाईरहेको अवस्था छ।
मेरो व्यवसायको सफलताको श्रेय मेरा पिताजीलाई दिने गरेको छु। बुबाको सल्लाह अनुसार अगाडी बढ्दा धेरै सकारात्मक उर्जा पाएको अनुभुती हुन्छ। बुबाले शुरुमा जग्गामा लगानी गर्न पनि सम्झाउनु भएको थियो तर मैले व्यवसायमा जोड दिएर अगाडी बढ्दा पनि उहाँको सकारात्मक समन्वयले सफल व्यवसायीको रुपमा समाजमा परिचित हुने भाग्य मिलेको छ।
नेपालको राजनीतिक अस्थिरताको कारण सन् २००३ तिर अमेरिका जाने योजना पनि बनाएको थिएँ तर अमेरिकाको यात्रा तय गर्न असफल हुनुबाट पाठ सिकेर नेपालमा व्यवसाय गर्नका लाथि थप हौसला मिल्यो ।
भविष्यमा कोरियाको चिकित्सा शिक्षण संस्था तथा अस्पतालसँग साझदारी गर्दै अगाडी बढ्ने योजना बनाएको छु। दूतावास तथा सम्वन्धित निकायले कोरियाका चिकित्सा संस्थाले साझेदारीका लागि सोधपूछ भएमा नेपालको ग्रिनसिटी अस्पताल प्रति सदभाव राखिदिनुहुन अनुरोध गर्दछु। मेरो अवको एकमात्र उद्देश्य भनेको कोरियाको जस्तै सेवा सुविधा सम्पन्न अस्पताल बनाउनका लागि कोरियाली साझेदारीको पर्खाईमा रहेको छु।
सन् २००६ पश्चात मेरो सबै व्यवसायले प्रतिफल राम्रो हुने अवस्थामा आईसकेको थियो। बुटवलको व्यापार फस्टाउदै गयो अब काठमाडौमा पनि बिस्तार गर्नुपर्छ भन्ने लागेर जडिबुटी र सानो भर्याङमा गाडिका पार्ट पुर्जाको व्यवसाय सञ्चालन गर्दै अगाडी बढ़ें। मैले थालनी गरेका सबै जसो व्यवसाय आज पनि सञ्चालनमा रहेका छन र निरन्तर प्रतिफद दिईरहेका छन्।
शिक्षण व्यवसाय शुरुवात गर्ने योजना बमोजिम सन् २००३मा बुटवलमा सन्जिबिनि कलेज स्थापना गरेर नर्सिङ सम्बन्धि पढाई शुरु गरेर त्यसमा पनि ठूलो सफलता हात लाग्यो। सोही समयमा काठमाण्डौमा विगतमा सञ्चालन भएको तर केहि समय अगाडीबाट आर्थिक समस्याले शिक्षण सेवा दिन असमर्थ रहेको यति हेल्थ साईन्स कलेज खरिद गरेर हालसम्म सफल रुपमा सञ्चालनमा रहेको छ। उक्त कलेजमा हाल ६०० जना विद्ययार्थिले स्वास्थ्य विधामा उच्च शिक्षा लिईरहेको अवस्था छ।
नेपाल सरकारको नियम अनुसार चिकित्सा शिक्षण संस्था सञ्चालन गर्ने चिकित्सा शिक्षण संस्थाको आफ्नै स्वामित्वमा अस्पताल सञ्चालन हुनु पर्ने भन्ने रहेको छ। त्यस पश्चात अस्पताल सञ्चालन गर्ने योजना तर्जुमा गरेर अगाडी बढ़ें। लामो अध्ययन र लगानी जुटाएर काठमाण्डौ शामाखुशीमा ग्रिनसिटी अस्पताल दर्ता गरेर सञ्चालनमा रहेको छ। यस अस्पतालले स्थापनाकाल देखिनै विपन्न बर्गका धेरै व्यक्तिहरुको निशुल्क उपचार गरिरहेको छ। दैनिक ठूलो संख्यामा विरामीहरुले प्राथमिक उपचार तथा जटील उपचार भैरहेको छ।
भविष्यमा कोरियाको चिकित्सा शिक्षण संस्था तथा अस्पतालसँग साझदारी गर्दै अगाडी बढ्ने योजना बनाएको छु। दूतावास तथा सम्वन्धित निकायले कोरियाका चिकित्सा संस्थाले साझेदारीका लागि सोधपूछ भएमा नेपालको ग्रिनसिटी अस्पताल प्रति सदभाव राखिदिनुहुन अनुरोध गर्दछु। मेरो अवको एकमात्र उद्देश्य भनेको कोरियाको जस्तै सेवा सुविधा सम्पन्न अस्पताल बनाउनका लागि कोरियाली साझेदारीको पर्खाईमा रहेको छु।(शिव प्रसाद पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।