• बुधबार, ८ जेठ, २०८२
  • ०१:५६:०७

आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च–पहाडी तथा हिमाली भागका १-२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।